२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

रूपन्देहीमा सात दलीय गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार कुँवरको प्यानल नै विजयी

१५ फागुन, वुटवल । बहुचर्चित देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनबाट अध्यक्षमा गुमानसिह कुँवर निर्वाचित भएका छन्।

नेकपा एमालेका कुंवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतकाे सात दलीय गठबन्धनका माेतिलाल ढकाललाई पराजित गर्दै बिजयी भएका हुन। कुँवर यसअघि पनि अध्यक्ष थिए। कुवरसंगै सबै पदहरुमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवारहरु बिजयी भएका छन्।

यसरी निर्वाचित हुनेहरुमा उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे,कोषाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली तथा सदस्यहरुमा चक्रपानी न्यौपाने, अनिता कुवर,उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी,रिमबहादुर ढेगा , विष्णु प्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

प्रकाशित मिति : February 27, 2022 at 7:40 am