७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

चितवनमा टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु


२० फागुन, चितवन । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेको प्रहरीले जनाएको छ ।
खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १९:२४