२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कीर्ते रिपोर्टले शिक्षकबाट निबृतिभरण लिएका खतिवडा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख

२९ असोज, नुवाकोट । कीर्ते रिपोर्ट बनाएर शिक्षकबाट निबृतिभरण लिएका यम खतिवडा नेकपा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख भएका छन । शुक्रबार नेकपा एमाले नुवाकोटको दोस्रो जिल्ला कमिटी बैठकमा अध्यक्ष बद्री मैनालीको प्रस्तावमा स्कुल विभाग प्रमुख चयन भएका हुन ।

खतिवडा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको विरूद्धमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बिक्री गर्ने प्रतिनिधिसभा सदस्य नारायण खतिवडाका स्वकीय सचिव समेत हुन । खतिवडाले कीर्ति रिपोर्ट बनाएर शिक्षकबाट निबिर्तिभरण लिएको विषय यसअघि दैनिकीले प्रमाणसहित प्रकाशित गरेको थियो ।

खतिवडाले कीर्ति रिपोर्ट बनाएर निबृतिभरण लिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । आफैँ नैतिकता गुमाइसकेका खतिवडाले एमालेका नेता कार्यकर्तालाई के सिकाउलान र के पढाउलान त्यो हेर्न बाँकी छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ घर भएका खतिवडाले निबृतिभरणका लागि समय पुर्याउनका लागि गम्भीर शारिरीक अशक्तता भएको भन्दै कीर्ते मेडिकल रिपोर्ट तयार पारेका थिए ।

२०४८ साल जेठ १ गतेबाट शिक्षकमा सेवाप्रारम्भ गरेका खतिवडाले १७ वर्ष ६ महिना १ दिनमै निबृतिभरण लिएको देखिएको छ । उनले निबृतिभरणका लागि २० वर्ष नपुगेका कारण गम्भीर शारिरिक अशक्तताको कीर्ते मेडिकल रिपोर्ट तयार गरेको देखिन्छ ।

सरकारी जागिर खाना शारिरीक अशक्ता देखाएका खतिवडाले पेन्सन खान थालेपछि स्वभिनियरमा पढाएका पढाएका थिए । कीर्ते कागजत तयार पारी निबृतिभरण लिएका खतिवडाले सांसद नारायणप्रसाद खतिवडाको स्वकीय सचिवको नियुक्ति लिएर दोहोरो सुबिधा समेत लिएका थिए ।

यो पनि पढ्नुहोस्

-कीर्ते मेडिकल रिपोर्ट बनाइ शिक्षकबाट निबृतिभरण ! अशक्तले निजी स्कुलमा कसरी पढाए ?

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ०८:११