२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

गणेशमान गुरुङ एमालेमै फर्किए, ओलीले पोखरा पुगेर गरे स्वागत (फोटोफिचर)

१३ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमालेमै फर्किएका छन । जसपाका गण्डकी प्रदेश समिति इन्चार्जसमेत रहेका उहाँलाई आज एमाले अध्यक्ष केपी ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गरे । त्यस कार्यक्रममा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको पनि बताए ।

‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,’ जसपा छाडेर एमाले रोजेपछि गुरुङ ले भने, ‘पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’

अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको गुरुङले बताए । कास्कीको धम्पुस निवासी गुरुङ यसअघि २०६९ साल एमालेमै थिए। तर अशोक राईसहितले छाडेपछि उहाँ पनि संघीय समाजवादी पार्टीतिर लागेका थिए।

प्रकाशित मिति : February 25, 2022 at 7:56 pm