२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

डार्विन बहुसांस्कृतिक भलिवल प्रतियोगिताको फाइनल खेल आइतबार, रोचक बनाउने तयारी


५ फागुन, अष्ट्रेलिया । तिन नेपाली सामाजिक संस्थाहरु मिलेर अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विनमा नेपाली सहित विभिन्न समुदायहरुका क्लवहरु बिच आयोजित प्रथम बहुसांस्कृतिक भलिवल-२०२२ को महिला तथा पुरुष समुहको फाइनल खेलहरु आगामी आइतवार हुन भएको छ  ।

गत शनिवार फेब्रुअरी १२ बाट शुरु भएको प्रतियोगिता नेपाली भलिबल क्लब डार्विन , नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी, एनआरएनए नर्दन टेरोटेरीले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

भलिवल प्रतियोगिता संचालनका लागि गठित टाक्सफोर्सका संयोजक चन्द्र प्रकाश गुरुङका अनुसार आगामी शनिवार फेब्रुअरी १९ का दिनमा महिला तर्फको लिग चरण र तेस्रो स्थानका लागि हुने खेल सम्पन्न हुदै छ भने आइतवार पुरुष तर्फको समुहबाट सेमिफाइनलबाट विजयी दुइ टिम पंजाबी समुदायको टिम जस्ट भोली र अष्ट्रेलियाका छिमेकमा रहेका टापु समुहका देशहरुका समुदायको प्रतिनिधित्व गर्ने टिम आइल्याण्ड नट्स बिच हुने छ |

गुरुङका अनुसार आइतवारको प्रतियोगितालाई थप रोचक बनाउन केहि बर्ष अगाडि मात्र प्रतियोगिताहरुमा प्रवेश पाएको बसेर खेलिने भलिवल सिटिङ भलिवलको मैत्री पुर्ण खेल पनि आयोजना गरिएको छ । यसै गरि समापन समारोहमा नेपालको सास्कृतिक पक्ष झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

संयोजक गुरुङले विजयी टिमहरुलाई ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा नर्दन टेरोटेरी राज्य सरकारका मन्त्रीहरुलाई विशेष निमन्त्रणा गरियो जानकारी दिनु भयो । उहाले नर्दन टेरोटेरीमा नेपाल र नेपालीको पहिचानलाई स्थापित गर्नका लागि सरकारका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रण गरेर नेपाली कला संस्कृति चिनाउने सास्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

गत शनिवार र आइतवार पुरुष समुह तर्फका लिग तथा तेस्रो स्थानका लागि खेल सम्पन्न भएको थियो । डार्विन क्षेत्रमा रहेका नेपाली सहित आठ समुदायका क्लवहरुले लिग खेलमा सहभागी भएका थिए । तेस्रो स्थानका लागि भएको खेलमा फिलिपिनो टिम र नेपाल विचको खेलमा फिलिपिनो टिम बिजयी भएको थियो । यसैगरि आगामी शनिवार हुने महिला समुहको खेलमा नेपाल सहित छ बटा क्लवहरुले खेल खेल्ने छन् ।

दैनिकी संग कुरा गर्दै संयोजक गुरुङले डार्विनमा नेपाली समुदाय भित्र विभिन्न  समयमा भलिवल प्रतियोगिता हुने गरेकोमा यस पटक नेपाली समुदायका खेलाडीहरुलाई अन्य समुदायका खेलाडीहरु संग प्रतिस्पर्धी बनाउन तथा नेपालको राष्ट्रिय खेल भलिवल मार्फत अन्य समुदायमा नेपाल र नेपालीलाई  थप परिचित गर्ने उद्देश्यले  बहुसास्कृतिक भलिवल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

गुरुङले खेलाडीहरुलाई उत्साह भर्न तथा डार्बिनमा नेपाली समुदायको उपस्थिति प्रदर्शन गर्न समेत आगामी शनिवार र आइतवार स्थानिय मारारा इनडोर स्टेडिम हुने फाइनल खेलमा उपस्थितका लागि डार्विनबासी नेपालीहरुमा विशेष अनुरोध गर्नु भएको छ । (तस्विरहरु फिरोज राना )

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०६:४५