८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

शैक्षिक हडतालले शैक्षिक संस्था ठप्प


२० फागुन, काठमाण्डौं । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था ठप्प भएका छन् ।

शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ सन्चालन भएको छैन । शैक्षिक हडतालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्नो संगठनलाई सरकारले राजनीति गर्न प्रतिबन्ध लगाएको र संगठनका नेतालाई पक्राउ गरेको विरोधमा शैक्षिक हडताल गरिएको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १५:२८