२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

गठबन्धन सरकारले प्रदेश १ मा पनि फुटायो मन्त्रालय, ८ बाट १२ पुग्यो

१७ माघ, विराटनगर । पाँच दलीय गठबन्धनको सरकारले प्रदेश नम्बर १ मा पनि मन्त्रालय फुटाएको छ । मुख्यमन्त्री राजेन्द्र राइले आइतबार मन्त्रिपरिषद् बैठकबाट मन्त्रालय फुटाउने निर्णय गरेका छन ।

विगत तीन महिनादेखि नै मन्त्रालय फुटाउने तयारी भए पनि चुनावको सम्मुखमा गठबन्धन भत्किने डरले रहर गर्ने सबैलाइ मन्त्री पद बाँड्न मन्त्रालय फुटाएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर मन्त्रालय संख्या १२ पुर्याउने निर्णय भएको छ ।

गठबन्धन जोगाउनका लागि जुनसुकै निर्णय लिन प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्रीहरूलाइ निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०९:३१