२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मेगा बैंकका संस्थापक एवं एमालेका पूर्व सांसद डा दुमनसिंह थापाको निधन

१७ माघ, काठमाडाैँ । मेगा बैंक लिमिटेडका संस्थापक एवं एमालेका पूर्व सांसद डा दुमनसिंह थापाको निधन भएको छ । थापाको आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको परिवारले जनाएको छ ।

थापालाई कोरोना संक्रमण भएको थियो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो । साथै ३ दिन अगाडि साइड इफेक्ट देखिएपछि ह्यम्सको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

अर्घाखाँचीको नरपानीमा जन्मेका थापा नेकपा एमालेको उम्मेदवार भएर ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा विजयी भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:२३