१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नुवाकोटमा जल्यो प्रधानमन्त्री देउवाको पुत्ला (भिडियोसहित)

-प्रशान्तजंग पाण्डे 

१४ माघ, नुवाकोट । नेकपा (एमाले)को जनवर्गिय संगठन अनेरास्ववियु र युवा संघले नुवाकोटको बेलकोटगढीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन । शुक्रबार साँझ अनेरास्ववियु र युवा संघको नगरकमिटीको आयोजनामा विभिन्न माग राखी सरकारको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

महादेवफाँट बजार परिक्रमागरी कोणसभामा परिणत भएको मशाल जुलुश र पुत्ला दोहन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अधिवेश आयोजक कमिटीका सदस्य राजु तिवारीले सम्बोधन गरेका थिए । मशाल जुलुसमा एमाले नुवाकोट जिल्ला कमिटीका नेताहरु नारायण नेपाल, पृथ्वी भक्त राई राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश चित्रकार, अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डे लगायत सहभागी भएका थिए ।

जुलुशमा युवा संघका नेता दामोदर पुडासैनी, शंकर मुडभरी, सुन्दर नेपाल अनेरास्ववियु जिल्ला कमिटीका नेताहरु प्रदिप नेपाल, श्रीकृष्ण खतिवडा, प्रदिप नेपाल “ख”, राजकुमार तमाङ्ग, किशोर ओली, प्रशन्न थिंग एमाले स्थानीय नेताहरु गेहेन्द्र न्यौपाने, सुर्य तमाङ्ग, अम्मर बहादुर राई, प्रकाश भण्डारी , रवि कुवँर श्री तमाङ्ग लगायत नेताहरु सहित सयौं युवाहरू सहभागी रहेको राष्ट्रिय युवा संघ नेपाल वेलकोटगढी वडा नं. ८ का अध्यक्ष समिर तमाङ्गले जानकारी दिए ।

प्रकाशित मिति : January 28, 2022 at 10:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/