२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने गरी नयाँ कानुनको मस्याैदा (भिडियो रिपोर्ट)

१४ माघ, काठमाडाैँ । विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने गरी नयाँ कानुनको मस्याैदा भएको छ । निर्वाचन आयोगले निर्वाचन कानुनको मस्यौदा तयारीलाइ गति दिएको छ । शुक्रबार आयोगले निर्वाचन कानुनको मस्यौदा तर्जुमा गर्न बिभिन्न मन्त्रालयसंग छलफल गरेको छ ।

सरकारबाट कानुनको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएपछि आयोगमा शुक्रबार बसेको एकीकृत निर्वाचन निर्देशन समितिको बैठकमा कानूनको मस्यौदा तयार गर्ने बिषयमा छलफल भएको हो । बैठकमा मन्त्रीपरिषद् कार्यालयका कानून सचिव, गृह सचिव, कानून सचिव लगाएतको सहभागीता थियो ।

निर्वाचन कानूनको मस्यौदा तयारीको सन्दर्भमा आयोगले आवश्यक छलफलपछि मस्यौदा तयार गरेर गृह मन्त्रालयमा पठाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले ६ महिनाअघि नै विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी सैद्धान्तिक सहमतिका लागि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त मस्यौदामा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषय पनि समेटिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १६:४३