१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

महाकाली नै थुनिनेगरी भारतले बनाइरहेको तटबन्धका बारेमा एमालेद्धारा सरकारको ध्यानाकर्षण

https://www.muktinathbank.com.np/online/loan-application

१४ माघ, काठमाडाैँ । महाकाली नै थुनिनेगरी भारतले बनाइरहेको तटबन्धका बारेमा नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा(एमाले) पोलिटब्युरो सदस्य, सुदुरपिश्चम प्रदेश सह-ईञ्चार्ज, दार्चुला ईञ्चार्ज, पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री नारायण खड्का मार्फत भारतले जारी राखेको निर्माण रोक्न ध्यानाकर्ण गराइएको छ ।

ठगुन्नाले दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भैरहेकोबारे उक्त कार्य अभिलम्ब रोक्न नेपाल सरकारले भारत सरकारसँग सार्थक पहल गरोस् भनि माग गरेका छन । उनले लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएको कुरा सर्वविदितै छ! उक्त बाढी पछि नेपाल तर्फ नेपाल सरकारले र भारत तर्फ भारत सरकारले तटबन्ध निर्माण गरि बजार संरक्षण कार्य गरेको थियो! तर हाल आएर भारत सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाँउभन्दा ७ देखि १० मिटर सम्म भित्र नदि क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहदा नदीको प्रवाहमा असर पर्न गई भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको छ! सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा शो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भईरहेकोले अभिलम्ब भारत सरकार मार्फत पहल गरि उक्त कार्य रोक लगाउन र दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलको लागि माग गर्दछु !’

प्रकाशित मिति : January 28, 2022 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/