२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

१४ माघ, लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो । कञ्चनपुरकाे भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए ।

सांकेतिक तस्विर

उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : January 28, 2022 at 7:58 am