२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

थप आठ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृत्यु

१३ माघ, काठमाडौँ  । पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा काेराेना संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १६:३९