२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

४० क्विन्टल जडिबुटी सेतक चिनीसहित दुई जना पक्राउ

१३ माघ, जुम्ला । जुम्लामा संकलन पुर्जी र छुट पुर्जीविना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका-३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएकाे छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो।

संकलन पुर्जी तथा छुट पुर्जीविना लैजाँदै गरेको ४० क्विन्टल सेतक चिनी जडिबुटी प्रहरीले कब्जा गरेको हो। चालकसहित दुबै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : January 27, 2022 at 4:12 pm