२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

कानुनमन्त्री दिलेन्द्र बडुलाई काेरोना संक्रमण

२३ माघ, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ ।

उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् । यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे । उनी संक्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १०:२८