२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

डा. बाबुराम भट्टराईलाई कोरोना

१२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदो कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए । साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १५:४८