२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

१२ माघ, मुगु । मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् । साघुँरोे थुनुवाघरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ । अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन् ।

दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १३:५८