२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

हरिवन नगरपालिकाका मेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताद्धारा तोडफोड, मेयर घाइते

१२ माघ, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी तोडफोड गरेका छन् ।

बुधबार बिहान जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा मेयर गणेश प्रसाईं सवार गाडी तोडफोड गर्दा उनि घाइते भएका छन् । गाडीमा मेयर प्रसाईंसँगै र उपमेयर रेनुका पौडेल समेत थिइन् । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि जनकपुरधाम जाँदै गर्दा सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका हुन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १२:०७