२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पशुपतिबाट पनि लखेटियो बतास, सम्झाैता विपरित काम गरेकाले सम्झाैता रद्द गर्ने निर्णय

११ माघ, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले बतास समूहसँगको सम्झाैता एकपक्षीय रूपमा रद्द गर्ने निर्णय गरेको छ । मंगलबार संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयमा बसेको कोषको बैठकले सम्झाैता रद्द गर्ने निर्णय गरेको कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

पशुपतिको धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन अनुमोदन गर्दै कोषको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको हो । भारत सरकारको सहयोगमा बनेको धर्मशाला २०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भाडामा दिने सम्झाैता भएको थियो ।

प्रतिवेदनमा बतासले धर्मशालाको बेडको सङ्ख्या र दररेट फरक फरक पारेको, कोषको स्वीकृतबेगर धर्मशालाको भौतिक संरचना बनाएको, समयावधिभित्र भाडा नबुझाएको, धर्मशालाको मर्मबिपरीत विभिन्न कार्यालयहरू सञ्चालन गरेको लगायत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार २३:१८