२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाकाे सेवा स्थगित

११ माघ, खोटाङ । कर्मचारीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यकबाहेकका सेवा स्थगित गरेकाे हो । नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई काेराेना संक्रमण भएपछि ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेकाे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

स्थानीय एवं गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि रावाबेँसी गाउँपालिकाको आन्तरिक प्रकृतिको सेवा र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद राईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १५:५६