२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

वर्षमान पुन दम्पत्तिलाई स्वागत गर्न विमानस्थलमै पुगे नारायणकाजी श्रेष्ठ

१० माघ, काठमाडौँ । उपपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्किएका छन । पुनको स्वागतका लागि नेता नारायणकाजी श्रेष्ठ त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन केहीबेरअघि नेपाल आइपुगेका हुन । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छिन ।

वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए । त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार २१:०९