२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

के ब्रह्मान्डमा एलिन लाईफ अस्थित्वमा छ ?

१० माघ, न्युयोर्क । पछिल्लो दशकमा अन्तरिक्ष अनुसन्धानले राम्रै स्थान पाएको छ । अन्तरिक्षमा जेम्स वेब टेलिस्कोप परिचालनदेखि प्लुटोमा अन्तरिक्ष मिसन सुरु गरेर अन्तरिक्ष यात्रीहरुले धेरै ‘ब्रेकथ्रु’ गरेका छन् । भूर्गविद्, वैज्ञानिक, अन्तरिक्ष यात्रीले लामो समयदेखि अन्तरिक्षका विभिन्न रहस्य सार्वजनिक गर्दै आएका छन् ।

अन्तरिक्षको क्षेत्रमा धेरै ठूला प्रगति भए पनि एलिन जीवन भने अझै रहस्यकै गर्भमा छ । विभिन्न समयमा धेरै अपरिचित उड्ने वस्तु पृथ्वीमा देखिएसँगै एलिनको अस्थित्वबारे पनि चर्चा बढेको छ । वैज्ञानिकहरुले विभिन्न ग्रह र सौर्य प्रणालीका विभिन्न तथ्य सार्वजनिक गरिसकेका छन् । ताराको प्रकृति, पुच्छ्रेतारासँग सम्बन्धित विभिन्न जिज्ञासा समाधान भएका छन् ।

alien

तर, ब्रह्मान्डमा ‘एलिन लाइफ’ को अस्थित्वबारे गरिएका विभिन्न प्रश्न अनुत्तरित छन् । किन ? एलिन लाइफ वास्तविकता हो भने किन अझै रहस्यमै छ ?
ब्रह्मान्डमा एलिनको अस्थित्वबारे विभिन्न पौराणिक ग्रन्थ, चलचित्रलगायतमा पढ्न तथा सुन्न पाइन्छ । दशकौंदेखि एलिनको विषय मानव जगतका लागि एउटा सर्बाधिक विषय बनेको छ । अन्तरिक्ष विज्ञानमा प्रगतिसँगै यस विषयप्रतिको उत्सुकता झन् बढिरहेको छ ।

विश्वभरका वैज्ञाकिहरुले ब्रह्मान्डमा एलिनको जीवन पत्ता लगाउन सकेका छैनन् भने विश्वास गर्न पनि कठिनाई भइरहेको छ । योसँगै प्राय मानिसको दिमाग घोच्ने प्रश्न पनि छ– ब्रह्मान्डमा के एलिन जीवन छ ? के हामी एक्ला छौं ? एलिनबारे सार्वजनिक हुन नसकेका धेरै गोपनियता सार्वजनिक हुन बाँकी नै छ । आशा गरौं वैज्ञानिकहरुले छिट्टै यो रहस्य सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १२:३७