टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय
९ पुस, काठमाडौं । टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा जेल सजाय सुनाएको छ । सदफलाई जुन कानुनको आधारमा जेल चलान गरियो उक्त कानुनको आधारमा टर्कीमा दशौं हजार मानिसमाथि मुद्दा चलाइसकिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले कबासको स्थानीय समयअनुसार अबेर राति २ बजे हिरासतमा लिइएको छ र पहिला उनलाई इस्ताननबुलको मुख्य प्रहरी चौकी लगिएको थियो ।
प्रकाशित मिति : January 23, 2022 at 7:41 pm





