८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

पर्साकी सिमरन बनिन् मिस तामाङ, नुवाकोटकी रञ्जिता फस्ट रनरअप


२० फागुन, काठमाडौँ । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार काठमाडौँमा आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जितेकी हुन ।

सिमरनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गरेकी थिइन । उपाधिसँगै उनले एक लाख पुरस्कार प्राप्त गरिन । फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ भएकी छिन ।

यसैगरी, बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप सिम्रन लामा, बेष्ट अनुशासन क्रिष्टिना लामा तथा बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गरिन ।

‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान भएकी थिइन ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपालको गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद् तथा सांसदलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार ०९:४९