२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

ओखलढुंगामा गुडिरहेको जिपमा ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु

९ माघ, ओखलढुंगा ।  ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षिया युनिषा कोइराला, सोही ठाउँका १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । काेइरालाकाे अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएकाे छ ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । भिजनसमाचारसँगको सहकार्य

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ११:४०