२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

हैबुङमा ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु

८ माघ, काठमाडौं । मेलम्ची नगरपालिका-३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताए ।

शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका-३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १७:३२