१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

६ माघ, विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ रु सात अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु तीन हजार, भन्सार महसुल निर्याततर्फ रु ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ रु ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु नौ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ रु २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।
–––

प्रकाशित मिति : January 20, 2022 at 2:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/