२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

५ माघ, काठमाडौं । सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।सर्वाेच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो । खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १६:२०