६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको हत्या प्रयास, ड्रोन आक्रमणबाट मुस्किलले जोगिए


२० साउन, काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको हत्या प्रयास भएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन आक्रमण भएको हो ।

आक्रमणबाट उनी भाग्यबस बचेका छन् । अक्रामणमा उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०९:१३