२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

४ माघ, काठमाडौं ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।

उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ । स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १८:५८