२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी

४ माघ, काठमाडाैँ । सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हाे ।

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे छ । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे थियाे । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १०:२१