२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

२ माघ, काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सुन तस्करीमा समेत कारबाहीमा परेको खुलासा भएको छ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले मिति २०७८ पुस ३० गते रेग्मीमाथि अबैध सुन ओसारपसारमा जरिवाना गरेको हो । यसअघि उनको जाँड काण्डमात्र बाहिर आएको थियो ।

भन्सारका कर्मचारीमाथि हात हालेको विषयमा उनी कारबाहीमा परेको भए पनि अदालतले उनलाइ बोर्डमा फिर्ता गरिदिएको थियो । रेग्मीले अबैध रूपमा सुनको बिस्कुट ३ थान ल्याएको र प्रहरीले पक्राउ समेत गरेको भन्सारको पत्रमा उल्लेख गरिएको छ । उनले २०७४ पुस ७ गते ३० ग्राम सुन अबैध रूपमा ल्याएका थिए ।

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ७३० मा उनले सुन चोरी पैठारी गरी ल्याएको र एक लाख चालिस हजार ६ सय ५० रूपैयाँ जारिवाना हुने निर्णय भएको भन्सार अधिकृत मधुकर पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार २०:४९