२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

देउवालाई पूर्वमन्त्री बाँस्कोटाको व्यंग्यः पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल

२ माघ, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारले कोरोना नियन्त्रण र सीमा संरक्षणमा केही काम गर्न नसेकोमा व्यंग्य गरेका छन । सामाजिक सञ्जाल मार्फत पूर्वमन्त्री बाँस्कोटाले छिमेकीले सीमा अतिक्रमण गर्दा र कोरोनाको संक्रमण व्यापक भएर घरघरमा पुग्दा पनि सरकारले केही गर्न नसकेको उल्लेख गरेका छन ।

बास्कोटाले भनेका छन, ‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाइॅंदो रहेछ । सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन । लौन, परमादेशी डाक्टर र झांक्री बोलाइदेऊ। चितवनको जंगलमा पाईने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल ।’

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १३:३६