२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बाेलेराेले ठक्कर दिँदा धारामा कपडा धाेइरहेका दुईजना गम्भीर घाइते

२ माघ, ओखलढुंगा । बाेलेराेले ठक्कर दिँदा धारामा कपडा धाेइरहेका दुईजना गम्भीर घाइते भएका छन् । सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे ।

ना१ज ४९५१ नम्बरकाे नाैजना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी दिए ।

उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १२:४३