२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बतासले कब्जा गरेको पशुतपति धर्मशाला फिर्ता ल्याउने तयारी, मन्त्री आले पशुपति जाँदै

२ माघ, काठमाडौँ । सरकारले बतास समूहले कब्जा गरेको पशुपतिको धर्मशाला पनि फिर्ता लिने तयारी थालेको छ । भारत सरकारले पशुपति आउने तिर्थयात्राीका लागि निर्माण गरिदिएको धर्मशाला बतासले कब्जा गरेर होटल आनन्द चलाइरहेको छ भने उसको आफ्नो कार्यालय पनि त्यहीँबाट सञ्चालन गरिरहेको छ ।

पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा भारतीय सहयोगमा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा बतासले कब्जा गरेको हो । उक्त धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

करिब ३४ करोड रूपैयाँमा निर्माण भएको धर्मशाला कौडीमा भाडामा लिएर उसले सम्झौता विपरित संरचनाहरू परिवर्तन गरेर होटल चलाइरहेको छ। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाइ मोटो रकम दिएर बतासले सम्झौता विपरितको काम गरेको हो ।

आइतबार संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री प्रेम बहादुर आले धर्मशालाको निरीक्षणमा जाँदैछन । नारायणहिटी दरबार संग्राहलयबाट बतासलाइ निकालेका आलेले धर्मशालाबाट पनि बतासलाइ हटाउन चाहेको मन्त्रालय स्रोतले जनाएको छ । उनी बिहान ११ बजे सञ्चारकर्मीसहित त्यहाँ पुग्दैछन ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार ०९:०७