२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नुवाकोटका डा पाण्डे ढुंगेमा मृत भेटिए

२९ पुस, नुवाकोट । नुवाकोटमा आज विहान एक डाक्टर मृत अवस्थामा भेटिएका छन् । २६ वर्षीय डेन्टल डाक्टर शशांक पाण्डे ढुंगे भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन । उनी नुवाकोटकै सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत रहेको बुझिएको छ ।

फाइल तस्वीर

‘सडक छेउमा वेवारिसे अवस्थामा सब भेटिएको छ । मोटरसाइकल नजिकै लडेको अवस्थामा छ । गाडीले ठक्कर दिएको हो कि ? आफै लडेर यस्तो भएको हो । केही थाहा भएको छैन,’ । त्रिशुली अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले भने । मृतक डाक्टर पाण्डे नुवाकोटकै स्थानीय हुन् ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १८:२५