१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026
https://www.muktinathbank.com.np/online/loan-application

२९ पुस, फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए । कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : January 13, 2022 at 3:56 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/