४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


१९ फागुन, काठमाडौँ । भक्तपुर, धनुषा र पाल्पामा भएको छुट्छ्ट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भक्तपुरको अरनीको राजमार्ग अन्तर्गतको जगातीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कृष्ण प्रसाईका अनुसार बा ९२ प ४६४ नं को मोटरसाइकल चालक भनपा ५का बर्ष २४ का प्रमोद श्रेष्ठको उपचारमा क्रम मृत्यु भएको छ ।

यस्तै धनुषा र पाल्पामा भएको गाडी दुर्घटनामा चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । धनुषामा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा जनकपुरका प्रविण राउत र कृष्ण शाहको ज्यान गएको हो ।

जनकपुर ढल्केबर सडक खण्डमा ज ९ प ४४८९ र ना ४९ प ५५१५ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । राउतको घटनस्थलमै र गम्भीर घाइते शाहको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको बौगापोखराथोक वीरपोखरामा लु १ ज १९३८ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुहुङका चित्रबहादुर थापा र खिमकुमारी सारु छन् ।

तानसेनबाट लुहुङका लागि छुटेको जीप वीरपोखरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते पाँचजनालाई उपचारका लागि तानसेन लगिएको पाल्पाबाट उज्यालो सहकर्मी देव पचभैयाले जनाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार २१:५२