१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’

https://www.muktinathbank.com.np/online/loan-application

२८ पुस, काभ्रेपलाञ्चोक । नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ । ”

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्लाअध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, अर्का केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, महासङ्घ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्लाध्यक्ष रोजन तामाङलगातले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : January 12, 2022 at 1:12 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/