प्राज्ञिक विद्यार्थी परिषद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन
२७ पुस, अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

‘पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,’ परिषद्की लुम्बिनी प्रदेश सदस्य संगीता पोख्रेलले भनिन्, ‘हामीले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका हौं ।’
परिषद्ले अर्घाखाँची जिल्लामा विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : January 11, 2022 at 5:26 pm





