१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

कांग्रेस महामन्त्रीद्धय गगन र विश्वप्रकाश हराएपछि सामाजिक सञ्जालमा खोजी

२७ पुस, काठमाडौँ । कालापनी र लिपुलेकमा भारतीय अतिक्रमण तीव्र बनेसँगै नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा हराएका छन । उनीहरू हराएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा तीब्र खोजी भैरहेको छ ।

विगतमा सरकारलाई हरेक दिनजसो प्रश्न गर्ने अझ नेपालले आफ्नो भूमि समेटेर चुच्ने नक्सा प्रकाशित गरेकोमा बिरोध झल्कनेगरी प्रश्न गर्ने महामन्त्रीद्धय पछिल्लो एक साता यता भारतले नेपाली भूमिमा गरेको अतिक्रमणका बारेमा केही नबोली भूमिगत जस्तै बनेका छन ।

विगतमा थापा र शर्माले गरेका प्रश्नहरूको स्क्रिन सर्टहरू सेयर गर्दा सञ्जालका प्रयोगकर्ताले थापा र शर्मा कता हराए भन्दै प्रश्न गरिरहेका छन । धेरैले गगन र विश्वप्रकाश हराउनुमा विगतमा एमालेका अध्ययक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो भने विगत पाँच महिनादेखि परमादेशको बलमा बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ कारण देखेका छन ।

हिजो एमालेको सरकार भएकाले कारण बिरोधकै लागि मात्र बिरोध गरेका उनीहरूले अहिले भारतले नेपाली भूमिमा संरचना निर्माण गरिरहँदा भने मौन हुन पुगेका छन । आफ्नो राजनीतिक चर्चाका लागि भारतको बिरोध गरेजस्तो गर्ने तर राष्ट्रियताको सवालमा गम्भीर टिप्प्णी गर्नुपर्ने बेला भूमिगत हुने उनीहरूको प्रवृतिमाथि सामाजिक सञ्जालमा व्यक्त भएको दुइ प्रतिक्रिया यहाँ उल्लेख गरिएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा सदिक्षा कार्की लेख्छिन, ‘देशब्यापी बर्को ओढ्ने काम सकिएको भए विश्वप्रकाश र गगन बोरोले ढिलो नगरी अब दुई लाइन ट्विट शेरबहादुर जीको नाममा पनि लेखौ है, लिपुलेकमा मोदीको चढाइ बासी हुन लागिसक्यो। हाम्रा प्रधानमन्त्रीलाई खोज्न गाह्रो नहोस भनेर ठेगाना सहित पेश गरे ।’

त्यस्तै हाडजोर्नी सम्बन्धी वरिष्ठ चिकित्सक डा सन्तोष पाैडेल सोध्छन, ‘नेकाका महामन्त्रीद्वय कता हुनुहुन्छ ? सरकारको नेतृत्व त ६ महिनादेखि कांग्रेसकै छ हैन र ??

यसरी सामाजिक सञ्जालमा गगन र विश्वप्रकाशको आइडीमा मेन्सन गरेर हजाराैँ प्रश्न बर्सिएका छन तर उनीहरू केही थाहा नपाए झैँ गरी एक सातादेखि कानमा तेल हालेर बसेका छन ।

प्रकाशित मिति : January 11, 2022 at 8:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/