२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

२५ पुस, झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विसंं २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताउनुभयो ।

भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट रु २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियोे ।यसैगरी विभिन्न दाताबाट रु ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि रु ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भूइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् ।जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आउनुभएको हो ।

प्रकाशित मिति : January 9, 2022 at 1:56 pm