२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा मानन्धर निर्वाचित

२४ पुस, भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् । संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जित, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम दुवाल, सहकोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व, सदस्यहरूमा शिवराम वैद्य, श्याम सुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।

संघको उपाध्यक्षमा होम प्रसाद बजगाईं, सचिवमा विमल गोले तामाङ कोषाध्यक्षमा लव कृष्ण श्रेष्ठ , सदस्यमा रविन लामा, रोशन अधिकारी, आकाश गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्ण चन्द्र कर्माचार्य, डेनिस दुवाल, दीपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मत निर्वाचित भएका हुन् ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १२औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनका साथै भक्तपुर मोबाइल व्यवसाय संघको पहिलो अधिवेशनले दुवै संघका नयाँ नेतृत्व छनोट गरेको हो ।

कार्यक्रममा व्यवसायी तथा कलाकार करिश्मा मानन्धरले नेपाली कला क्षेत्र सँगसँगै आफूले व्यवसाय पनि सञ्चालन गर्दै आएको बताउँदै सबैले आत्मनिर्भर हुन कुनै न कुनै व्यवसाय गर्नु पर्नेमा जोड दिइन् ।

उनले सबै व्यवसायीहरू मिलेर एकछत्र भएर व्यवसायमा लागेका खण्डमा सफल हुन सकिने समेत बताएकी थिइन् ।

प्रकाशित मिति : January 8, 2022 at 9:32 pm