२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

निजामती कर्मचारी संगठनको बैतडी अध्यक्षमा अवस्थी

२४ पुस, बैतडी । नेपाल निजामती कर्मचारी संगठन बैतडीको ११औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । जिल्लाको पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा आयोजित जिल्ला अधिवेशनले महेश अवस्थीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको खुल्ला उपाध्यक्षमा पदमसिंह कार्की र महिला उपाध्यक्षमा बिस्ना कुमारी विष्ट भण्डारी चयन भएकाछन् । यसैगरी सचिवमा प्रकाशसिंह कार्की तथा कोषाध्यक्षमा पुरुषोत्तम नाथ, सहसचिवमा अनिल बहादुर बोहरा चयन भएकाछन् भने अन्य सदस्य रहेकाछन् ।

आजै चक्रदेव जोशीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । यसअघि जिल्ला संयोजकसमेत रहेका महेश अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद दामोदर भण्डारी रहेका थिए ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार २१:२५