२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नारायणहिटीमा रेष्टुरेन्ट बनाउने कम्पनीमा कांग्रेस नेतृ डा आरजु राणा देउवा संलग्न

२२ पुस, काठमाडाैँ । नारायणहिटीमा रेष्टुरेन्ट बनाउने कम्पनीमा प्रधानमन्त्री पत्नी आरजु राणाकैको संलग्नता पुष्टि भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा बतास समूहको सल्लाहकार रहेको पुष्टि भएको हो । यद्यपी त्यसको प्रमाण मेटाउनका लागि बतास समहूको https://batasfoundation.org/ तत्काल खोल्न नमिल्ने बनाइएको छ ।

डा राणाले दिउँसो फेसबुक मार्फत आफ्नो संलग्ना नरहेको भन्दै झुटो दाबी गरेकी थिइन । उनले आफू अन्य ६ वटा संस्थामा रहेको तर बतासमा नरहेको बताएकी थिइन । बतासको सल्लाहकारमा डा. आरजु राणा देउवा, च्यारिस वार्डल, डा. सुमन के कर्ण, खेमराज उपाध्यायको नाम छ । बतास त्यही समूह हो जसले भारतले सरकारले पशुपतिमा आउने तिर्थालुका लागि बनाइदिएको धर्मशाला कब्जा गरेर होटल बनाएको छ ।

 

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार २१:३७