२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अनेरास्ववियु सुर्खेतको नेतृत्व छान्न मतदानः अध्यक्षमा आशिष आचार्य विजयी

२२ पुस, काठमाडाैँ । अनेरास्ववियु सुर्खेतको २१औं जिल्ला अधिबेशन बाट आशिष आचार्य अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्ष बाहेकका अरु पदहरुमा सर्वसम्मत नेतृत्व टुंगाएको अनेरास्ववियुले अध्यक्षमा सहमति नजुट्दा निर्वाचन भएको हो ।

कुल २ सय ४५ खसेको मतमा अध्यक्षका उम्मेदवार आशिष आचार्यले २०७ मत ल्याए । अध्यक्षका अर्का उम्मेदवार गणेश बहादुर शाहीले ३४ मत प्राप्त गरे भने ४ मत बदर भएको अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य प्रेम खड्काले जानकारी दिए ।

३१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा केशव सावद, सचीवमा ललित बहादुर खत्री,सहसचिवमा, दिपक तिवारी,प्रकाश कडेल र गिता राना सर्वसम्मत चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा रिता रोकाया चयन भएको अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १६:४८