२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

२१ पुस, बैतडी । दोगडाकेदार गाउँपालिका-५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ ।

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेकाे स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए ।

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन ।

प्रकाशित मिति : January 5, 2022 at 4:52 pm