२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

जाडोले कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु

-सुधा देव

२१ पुस, सप्तरी । दुई सातादेखिकाे शीतलहरले जारी नै रहेका बेला सप्तरीमा चिसाेले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरकाे ज्यान गएकाे हाे । उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

फाइल तस्वीर

ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् । उनले भनिन् , ´राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएकाे रहेछ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हाे भनेर जानकारी लिने काम भइरहेकाे बताए ।

प्रकाशित मिति : January 5, 2022 at 10:40 am