२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

१९ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् । पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १९:०१