१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक 

https://www.muktinathbank.com.np/online/loan-application

१९ पुस, काठमाडौं ।  सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ ।

आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो ।

कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चार चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाकामाझ गठबन्धनको बैठक बसेको हो ।

मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो ।

प्रकाशित मिति : January 3, 2022 at 11:39 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/